नवलपुरको अरुणखोलामा सवारी दुर्घटना , एक घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते २१:३४
नवलपुरको अरुणखोलामा सवारी दुर्घटना , एक घाइते

भाद्र २० , चोरमारा । मध्यविन्दु नपा-१० अरुणखोलामा शनिबार सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् । कावासोतिबाट अरुणखोला जादै गरेको लु २ त २३७३ नम्बरको महेन्द्र बोलेरो जिप अनियन्त्रित भइ पल्टिँदा बौदिकाली गाउँपालिका – १ का २५ वर्षीय राजु विक घाइते भएको तम्सरिया प्रहरी चौकी चोरमाराका प्रमुख प्रेम बहादुर बिस्टले जानकारी दिए । घाइते विकको अवस्था मध्यम रहेको र उनलाई उपचारको लागि भरतपुर मेडिकल कलेज लगिएको उनले जानकारी दिए ।

प्रकाशित : २०७७ भदौ २० गते २१:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI