कर्मचारीमा कोरोना देखिए पछि चौधरी उद्योगको सिजि फुडस मात्रै भदौ २७ सम्म बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २२ गते १५:२४

कावासोती । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्राममा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि भाद्र २७ गते सम्मका लागि सिजि इन्डष्ट्र्यल पार्क अन्तरगतको सिजि फुडस प्रा. ली बन्द हुने भएको छ ।

उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले विज्ञप्ति जारी गर्दै सिजि फुडस प्रा. लि भाद्र २७ सम्म बन्द रहने जानकारी दिएका हुन । यो बीचमा कन्टयाक ट्रेसिङका आधारमा कर्मचारीको स्वाब परिक्षण र उद्योग निर्मलिकरण गरिने तथा सिजि फुडस बाहेक  सिआईपी भित्र रहेका अन्य उत्पादनहरु भने सन्चालन हुने बताईएको छ ।

सोमबार बिहान उद्योगमा देवचुली नगरपालिकाका जनप्रतिनिधि, उद्योगका व्यवस्थापन पक्ष ट्रेड युनियनका पदाधिकारीहरु सहितको बैठकले उद्योग निर्मलिकरण गर्नु पर्ने र उद्योगमा कार्यरत सबै कर्मचारीहरुको स्वाब परिक्षण गरि रिपोर्ट न आउदा सम्मका लागि उद्योग बन्द गर्न सिफारिस गरेको थियो ।

प्रकाशित : २०७७ भदौ २२ गते १५:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI