कस्ले हाँक्ला चितवनको काङ्ग्रेस !!

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते १५:२५
कस्ले हाँक्ला चितवनको काङ्ग्रेस !!

भरतपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि चितवन जिल्लाको सम्भावित सभापति र सचिबको उम्मेदवारहरुको चर्चा परिचर्चा हुन थालेको छ ।अहिले चोक चौराहामा जिल्लामा काङ्ग्रेसको नेतृत्व कस्ले हात पार्छ भन्ने बिषयमा चर्चा हुन थालेको हो ।
यसरी चर्चा परिचर्चा हुने क्रममा सभापतिमा प्रा. डा. सुर्यकान्त घिमिरे, राजेश्वर खनाल, उत्तम जोशी, राजेन्द्र बुर्लाकोटी ,मिलन बाबु श्रेष्ठ लगायतकाको चर्चा चलेको छ । त्यसै गरी सचिब पदको लागि नबिन राज पौडेल ,धुर्ब पोख्रेल ,गणेश पौडेल ,सुर्य अर्याल लगायतको चर्चा चलेको छ ।                                      संचारकर्मी नबिनराज पौडेल लामो समयदेखि पार्टीको बिभिन्न तह र तप्कामा रही काम गरिरहेका छन । बर्तमान सभापती जितनारायण श्रेष्ठले के गर्छन् भन्ने कुरा बहुप्रतिक्षित बिषय बनेको छ। उनी आँफै उठ्छ्न् कि अरुलाई समर्थन गर्छन् ? अहिले सम्म खुलेको छैन । श्रेष्ठले भने आफु केन्द्रिय् सदस्य उठ्ने बताउदै आएका छन् । चितवनमा संस्थापन् ईतर समुह बलियो छ तर यो समुहबाट धेरै उम्मेद्वारले आकांक्षा ब्यक्त गरेको बुझिएको छ ।

प्रकाशित : २०७७ भदौ २४ गते १५:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI