प्रादेशिक प्रयोगशाला पोखरामा नवलपुरको स्वाबको उपेक्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते १७:२२
प्रादेशिक प्रयोगशाला पोखरामा नवलपुरको स्वाबको  उपेक्षा

सागर पाेखरेल/रजहर
गण्डकी प्रदेशको काेरोना भाईरसको स्वाब परिक्षण प्रयाेगशालाले उपेक्षा गरेको सराेकारवाला नवलपुरबासिले गुनासाे गरेका छन ।

काेरना भाईरस ( काेभिड -१९) बाट गण्डकी प्रदेशमा सबैभन्दा बढि संक्रमित रहेकाे नवलपुर जिल्लाकाे पिसिअार रिपाेट ढिलाे पठाउने गरेकाे जिल्लाका सराेकारवाला स्वास्थ्यकर्मीकाे भनाई रहेको छ ।

हाल सम्म(मंगलबार) प्रदेशमा २६०० संक्रमित रहेका मध्ये नवलपुर जिल्लामा मात्र ५६० संक्रमित मध्य हाल १९९ जना संक्रीय संक्रमित रहेका छन । गण्डकी प्रदेशमा सबै भन्दा थाेरै मुस्ताङ जिल्लामा रहेकाे छ । मुस्ताङमा १ जना मात्र संक्रमित रहेका छन । प्रदेशमै धेरै संक्रमित रहेकाे नवलपुर जिल्लाकाे पिसिअार रिपोर्ट कुर्दा कुर्दै संक्रमित निकाे हुने अवस्थामा पुगिसकेका हुन्छन । गत हप्ता कावासाेति नगरपालिकाबाट संकलन गरिएकाे स्वावकाे रिपोर्ट अाउन ६ दिन लागेकाे थियाे । स्वावकाे रिपोर्ट अाउन ढिलाेभएपछि संकलित स्ववनै हरायाे भन्दै सामाजिक संजालमानै लेखेका थिए ।

देशकै नमुना अाईसलेशन भनेर चिनिने प्राकृतिक चिकित्सालय अस्थायी काेभिड अस्पतालका डाक्टर विनाेद पाैडेलले अाईसलेशनबाट हरेक पटक पिसिअार टेष्ट गरेर पाेखरा जाचका लागि पठाए पनि रिपोर्ट अाउन ४/५ दिन लाग्ने गरेको बताउनु भयाे । उहाँले रिपोर्ट अाउन ढिलाे हुने गर्दा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई फाेन गरि समस्या राखे पछि मात्र प्रयाेगशालाले रिपोर्ट पढाउने गरेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे ” पछिल्लो समयमा यस अस्थायी काेरना अस्पतालबाट पढाईएकाे रिपोर्ट ढिलाे अाउने गरेपछि मुख्यमन्त्रीलाई फाेन गरेपछि मात्र रिपोर्ट पठाउने गरेकाछन । मुख्यमन्त्री जस्तो अाेहाेदामा रहनु भएकाे विशिष्ट व्यक्तिलाई हरेक पटक फाेन गर्न पनि कसरी गरु ।”

रजहरकाे अस्थायि काेरना अस्पतालमा हाल १६३ जना संक्रीय संक्रमित रहेका छन । अस्थायि अस्पतालमा रहेकाहरुकाे मंगलबार विहान मात्र १३३ जनाकाे स्वव संकलन गरि पठाईएकाे मध्यविन्दु जिल्ला अस्पतालका फाेकल पर्सन पुस्कल शर्माले जानकारी दिनुभयाे ।

प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटाले पिसिअार रिपोर्ट ढिलाे अाउदा संक्रमितहरुकाे व्यावस्थापनमा समस्या परेकाे बताउनु भयाे । नया थप तलामा समेत संक्रमितलाई राख्दा १३० जना सम्म धान्ने गरेको ठाउँमा अहिले १६५ जना राख्नपर्दा समस्या परेको बताउनु भयाे ।

नवलपुर जिल्लाकाे गैंडाकाेटबाट साेमबार ९७ र मंगलबार कावासाेती ११७ जनाकाे स्वाव संकलन गरिपठाईएकाे छ । जिल्लाकाे सबै ठाउँबाट पठाईएकाे स्वावकाे रिपोर्ट अहिले सम्म रिपोर्ट प्राप्त भएकाे छैन ।

प्रकाशित : २०७७ भदौ २४ गते १७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI