सुनको भाउ ४ सय रुपैयाँले बढयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २५ गते ११:१०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ सामान्य बढेको छ । बुधबारको तुलनामा आज (बिहीबार) तोलामा सुनको भाउ ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९६ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९६ हजार ३ सय कायम गरिएको छ । हिजो तोलाको ९५ हजार ९ सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । हिजोको तुलनामा आज तोलामा १० रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय २५ रुपैयाँ कायम गरेको छ । यो साता सुनचाँदीको भाउमा उतारचढाव रहँदै आएको छ ।

प्रकाशित : २०७७ भदौ २५ गते ११:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI