नवलपुरमा २३ संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते १२:००

पूर्वी नवलपरासीमा शुक्रबार २३ जना नयाँ संक्रमित थपिएका छन् । चितवनमा गरिएको परीक्षणमा २ जना र पोखरामा गरिएको परीक्षणमा २१ जना गरी २३ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका अधिकांश समुदायका हुन् । नवलपुरमा शुक्रबार थपिएका २३ सहित नवलपुरमा संक्रमितको संख्या ६ सय ५ जना पुगेको छ ।
विहीबार मात्र नवलपुरमा ३३ जना निको भएर फर्किएका थिए ।
    नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा शुक्रबार गैडाकोटमा २ जना, विनयी त्रिवेणी गाउँपालिकामा १८ जना र कावासोतीमा ३ जना गरी २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
शुक्रबार गैडाकोट १ का एक जना महिला एक जना पुरुष, विनयी त्रिवेणी गाउँपालिका ३, ४ र ५ का १८ जना र कावासोती ५, ८ र १६ का गरी ३ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित : २०७७ भदौ २६ गते १२:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI