विपक्षी दलको माग सम्बोधन गर्दै प्रदेश सरकार : नवलपुरमा पिसिआर ल्याब स्थापना हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते २१:३१
विपक्षी  दलको माग सम्बोधन गर्दै प्रदेश सरकार : नवलपुरमा पिसिआर ल्याब स्थापना हुने

कावासोती । गण्डकी प्रदेश सरकारले प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले पटक पटक उठाएको नवलपुर र बाग्लुङमा पिसिआर ल्याब स्थापना गर्ने मागलाई सम्बोधन गर्ने भएको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो नियमित फेसबुक लाईभबाट नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र बागलुङको धौलागिरी जिल्ला अस्पतालमा ४ करोडको लगानीमा पिसिआर ल्याब स्थापना र बागलुङको धौलागिरी जिल्ला अस्पताललाई उपप्रादेशिक अस्पताल बनाउने तयारी अगाडि बढेको जानकारी दिएका छ्न ।

यस अघि काङ्ग्रेस नवलपुरले विज्ञप्ति जारी गर्दै तत्काल जिल्लामा पिसिआर ल्याबको स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो भने प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर र  नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेताले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै नवलपुर र बाग्लुङमा पिसिआर ल्याबको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : २०७७ असोज ५ गते २१:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI