पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा २९ ठाउँमा पहिरो, यातायात बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १० गते १६:०५
पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा २९ ठाउँमा पहिरो, यातायात बन्द

कावासेती  असोज १० गते । चार दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौबादी, बुलिगंटार ,गैडाकोट बुलिगंटार कालीगण्डकी करिडोर को ग्रामीण सडक पूर्ण रुपमा अवरुद्द भएको छ ।
सो बाटोमा २९ ठाउँमा पहिरो गएको बुलिगंटार गाउँपालिका वडा नं ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभयो । बाटो खुलाउन दश दिनसम्म लाग्ने वडाध्यक्ष गोदामी मगरले बताउनुभयो ।
जिल्लाको पहाडी बुलिगंटार र बौदकिाली गाउँपालिका चल्ने दुई वटै ग्रामीण सडक अबरुद्द भए पछि नवलपुर संगको यातायात को सम्बन्ध बिच्छेद भएको बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानामगरले बताउनुभयो । चार दिन देखिको अबिरल बर्षा पछि आएको पहिरोले सडक अबरुद्द हुदाँ पहाडी क्षेत्रमा खाधान्न,औषधी,लगायतका अत्याबश्क सामाग्रीको अब चरम अभाव हुन सक्ने अध्यक्ष रानामगरले बताउनुभयो ।
रतनपुर, कोटथर, डाडाँझेरी, बुलिगंटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचागं, नरम, जौबारी, धौबादीलगायतका वडाहरुमा चल्ने दुई वटा सडकमा २९ ठाउँमा पहिरो गएको र पहिरोले बाटो नै बगाएपछि तत्काल बाटो खुल्ने सम्भावना नै नभएको बुलिगंटार गाउँपालिकाका उपाध्यक्ष मैना बिकले बताउनुभयो ।
दलदले धौबादी सडक खण्डको कुमसोत पाँग्रे खण्ड, अर्खला देखि कमलीकोट सम्म ,ढोंडेनी देखि कोटथर सम्म गरि २९ ठाउँमा ठुलो पहिरो जाँदा अबरुद्द बनेको सो बाटो मर्मतका लागि धरै समय लाग्ने र पानी नरोकिए सम्म मर्मत को काम थाल्न नसकिने बुलिंगटार २ डाँडाझेरीका वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो ।

पहाडी क्षेत्रलाई जोडने दुबै सडक अवरुद्द भएपछि दैनिक एक सयको हाराहारमिा सवारी साधन गुडने ती दुबै मोटरबाटो बन्द हँुदा पहाडी क्षेत्रका जनताले ठुलो सास्ती व्यहोर्नु पर्ने अवस्था आएको वडाध्यक्ष थापा मगरले बताउनुभयो ।

प्रकाशित : २०७७ असोज १० गते १६:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI