यो वर्षको मनसुन लम्बिन सक्ने, तीन दिनमा १७ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते ८:१०
यो वर्षको मनसुन लम्बिन सक्ने, तीन दिनमा १७ जनाको मृत्यु

काठमाडौं, ११ असोज । हरेक बर्ष नेपालमा कम्तीमा एक सयदेखि १२० दिनसम्म मनसुन सक्रिय हुन्छ । कुनै बर्ष ढिला गरि मनसुन सक्रिय हुन्छ भने केही बर्ष समयमै मनसुन सक्रिय हुने गर्दछ । सामान्यतया जुन १० देखि मनसुन सक्रिय हुने गर्दछ भने अक्टोबरको १२ सम्ममा मनसुन सकिन्छ । यो बर्ष समयमै जुन १२ मा नेपालमा मनसुन भित्रिएको थियो । समयमै मनसुन भित्रिएसँगै सामान्यनै बर्षा हुने धेरैको आंकलन थियो । तर यो बर्षको मनसुन विगतमा भन्दा धेरै सक्रिय देखिएको छ । अघिल्लो बर्ष अक्टोबर १२ मा मनसुन सकिएको थियो । यो बर्ष सोही हाराहारीमा मनसुन सकिने अपेक्षा गरिएको थियो । तर असोज ६ गतेदेखिको अविरल बर्षासँगै मनसुन केही बढ्न सक्ने आंकलन गरिएको छ ।

असोज ६ बाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ ,८ र ९ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १८ जनाको मृत्यु भएको हो । केही वेपत्ता भएका छन् ।

यी चार दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो । उहाँका अनुसार यो बर्ष यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको छ ।
पूूर्व पश्चिम राजमार्ग अन्तरगत बिनयी त्रिवेणी गाउँपालिका दुई दाउन्नेको बिश्वकर्मा मन्दिर नजिकै बिहिबार बेलुकी माथिबाट खसेको पहिरोसँगै बस भिरबाट तल खस्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट गाउँपाकिला १० बस्ने २५ वर्षको हरिषचन्द्र केसीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । बसमा १८ जना सवार रहेका थिए । प्रहरी र स्थानीयको टोलीले उद्धार गरि घाईते सातजनालाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाईतेमध्ये एक जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ११ जनाको अवस्था सामान्य छ ।

सयौं ठाउँमा अवरोध हटाएर सडक खुले
यो बर्षको मनसुन सकिनै लागेको छ । मनसुन सकिन लागेको समयमा यो झनै सक्रिय बन्दा यसले भौतिक तथा मानविय क्षति समेत गरेको छ । एक सातादेखिको भारी वर्षासँगैको बाढी र पहिरोले देशभरमा सडकमा निक्कै क्षति पारेको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार राष्ट्रिय राजमार्गमा मात्रै एक दर्जनभन्दा धेरै स्थानमा पहिरोले असर पारेको छ ।
शुक्रबार बिहानसम्म देशभरका २० वटाभन्दा धेरै राष्ट्रिय राजमार्ग पहिरोले अवरोध पारेको छ । मंगलबार, बुधबार र बिहीबारसँगै शुक्रबारसमेत भैरहेको बर्षाको कारण देशभरमा एक सयभन्दा धेरै स्थानमा भएको अवरोध हटाएर एकतर्फी तथा दुईतर्फी रुपमा सडक खुल्ला गरिएको सडक विभागले समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रकाशित : २०७७ असोज ११ गते ८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI