गुल्मीकी ज्ञानुलाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्यपदक

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ११ गते ८:२०
गुल्मीकी ज्ञानुलाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्यपदक

नेपाल ब्याडमिन्टन कम्युनिटीकी ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् ।

युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २-० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न सफल भएकी हुन्।

पहिलो सेटमा २१–१३ को सहज जित हात पारेकी ज्ञानुले दोस्रो सेटमा २४–२२ को संघर्षपुर्ण जित निकालेकी थिइन् ।

त्यसअघि उनी च्याम्पियन बनेकी भारतकी इरेनी इल्सा एलेसान्डरसँग १८–२१ र १०–२१ ले पराजित हुदै फाइनल पुग्नबाट बञ्चित बनेकी थिइन् । इरेनी इल्सा एलेसान्डरले आफ्नै देशकी एनिरुमा बिजुलाई हराएर च्याम्पियन बनेकी थिइन् ।

शनिबार सम्पन्न भएको च्याम्पियनसिपमा युएईमा बसोबास गर्दै आइरहेका विभिन्न देशका कम्युनिटीका ३२ जना महिला खेलाडीहरुले सहभागिता जनाएका थिए ।

च्याम्पियनसिपमा युएईका स्थानिय महिलाहरुको लागि छुट्टै इभेन्ट समावेश गरिदा अन्य विदेशी कम्युनिटीलाई समावेश गरिएको थिएन ।

नेपाल ब्याडमिन्टन कम्युनिटीको प्रशिक्षकमा अनिल जोशी तथा टिम व्यवस्थापकमा हिरालाल श्रेष्ठ रहेका थिए । स्रोत:- हाम्रोखेलकुद

प्रकाशित : २०७७ असोज ११ गते ८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI