प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५१ जना संक्रमितले कोरोनालाई जिते

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते १९:३५
प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५१ जना संक्रमितले कोरोनालाई जिते

कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसन बाट थप ५१ जना कोरोना संक्रमितले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न ।

संक्रमणमुक्त हुने हरुमा जिल्लाको विनयी त्रिवेणि गाउँपालिकाका ४ पुरुष र ५ महिला गरि ९ जना, देवचुली नगरपालिकाका १४ पुरुष र ५ महिला गरि १९ जना, कावासोती नगरपालिकाका १ पुरुष र ५ महिला गरि ६ जना, हुप्सेकोट गाँउपालिकाका १ पुरुष र ३ महिला गरि ४ जना, मध्यविन्दु नगरपालिकाका १ महिला र १ पुरुष गरि २ जना र गैंडाकोट नगरपालिकाका ५ पुरुष र ६ महिला गरि ११ जना रहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए ।

कोरोना जित्नेहरुमा अप्रेशन गरेर बच्चा जन्माउनु भएकी (Caesarean section) सुत्केरी, मुटुको अप्रेसन गरेको ५ दिन पछाडि चिकित्सालय आउनुभएकि ६५ वर्षीय महिला लगाएतका भएका पौडेलले बताए । यो सँगै हालसम्म चिकित्सालय बाट संक्रमण मुक्त हुनेको संख्या ५७८ पुगेको छ । संक्रमण मुक्त भएका हरुलाई बुधबार साझ नै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्ला को रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा उपचाररत ६२ जना को स्वाब परिक्षणका लागी पठाईएकोमा ५१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

 

प्रकाशित : २०७७ असोज १४ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI