राष्ट्रिय युवा संघ नेपाल नवलपुरको ईन्चार्जमा बलराम घर्ती

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १६ गते १७:१३
राष्ट्रिय युवा संघ नेपाल नवलपुरको ईन्चार्जमा बलराम घर्ती

कावासोती । राष्ट्रिय युवा संघ नेपालको बिहिबार काठमाडौंमा बसेको बैठकले नवलपुरको ईन्चार्जमा बलराम घर्ती र सह-ईन्चार्जमा बाबुराम पाण्डे तोकिएका छन । घर्ति वाइसिएल नेपाल र पाण्डे युवासंघ नेपालका नेता हुन

त्यसैगरी जिल्लाको संयोजकमा कृष्ण कंडेल र सहसंयोजकमा चन्द्र रानाभाट तोकिएका छन । कंडेल साविक युवासंघ र रानाभाट साविक वाइसिएलका नेता हुन ।

असोज १४ र १५ गते संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ को अध्यक्षमा बसेको कार्यालयको बैठकले राष्ट्रिय एकता भेला र केन्द्रीय कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार संगठनको संगठनात्मक एकताको प्रक्रिया टुङ्ग्याएको हो ।

लामो समयदेखि अड्किएको बाकी रहेका जिल्लाहरुको संयोजक र सह–संयोजक तोक्दै ७७ वटै जिललामा इन्चार्ज, सह इन्चार्ज, संयोजक तथा सह संयोजक चयन गरेको छ । त्यस्तै, बैठकले यसअघि गरेका संगठनात्मक तथा कार्यक्रमिक निर्णयहरु अनुमोदन गर्नुका साथै केन्द्रीय कमिटीमा पर्वतबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोष मगरलाई मनोनित गरेको छ ।

 

 

प्रकाशित : २०७७ असोज १६ गते १७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI