पुर्वी नवलपरासी विनयी त्रिवेणीका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १७ गते १८:४४
पुर्वी नवलपरासी विनयी  त्रिवेणीका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किबास बस्ने ३६ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले निधन भएको छ ।

लामो समय देखि मुटु कलेजोको उपचार गराईरहेका ३६ वर्षीय मृतक गत असोज १३ गते कोभिड-१९ संक्रमण देखिए पछी आईसोलेसनमा बस्दै आएका थिए ।

स्वास्थयमा समस्या आए पछि शनिबार (आज ) दिउँसो १२ बजे भरतपुर अस्पताल पुर्‍याईएका उनको दिउँसो ४:५० बजे अल्कोहललिक लिभर डिजिज र कोरोना संक्रमणको कारणले मृत्युको भरतपुर अस्पतालले जनाएको छ ।

यो संगै जिल्लामा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ७ पुगेको छ । -file photo

नवलपुर जिल्ला, विनय त्रिवेणी गाउँपालिका-२ दुम्किबास बस्ने ३६ वर्षीय पुरुष २०७७/०६/१७ गते दिनको १२ बजे COVID संक्रमण सहित…

Bharatpur Hospital यांनी वर पोस्ट केले शनिवार, ३ ऑक्टोबर, २०२०

प्रकाशित : २०७७ असोज १७ गते १८:४४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI