मुस्लिम महिलाको विद्यावारिधि संस्कृतमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २० गते १७:५१
मुस्लिम महिलाको विद्यावारिधि संस्कृतमा

एजेन्सी। भारतमा एक २६ वर्षीया मुस्लिम छात्राले संस्कृतमा विद्यावारिधि गरेकी छिन्।

 

गुजरात विश्वविद्यालयको संस्कृत विभागबाट सल्मा कुरैशीले भारतको गुरु-शिष्य परम्परामा संस्कृत भाषामा विद्यावारिधि गरेकी हुन्। उनको विद्यावारिधिको शोधशीर्षक ‘पुराणेषु निरुपित शिक्षा पद्धति : एकम् अध्ययन’ रहेको छ।

 

तीन वर्षअघि उनी सन् २०१७ मा उक्त विश्वविद्यालयको पिएचडी कार्यक्रममा सहभागी भएकी हुन्। उनले अतुल उनागरको निर्देशनमा उक्त शोध पूरा गरेकी हुन्।

 

उनको स्नातक सौराष्ट्र विश्वविद्यालयबाट र स्नातकोत्तरमा स्वर्ण पदकसहित महाराजा कृष्णकुमार सिंहजी भावनगर विश्वविद्यालयबाट रहेको थियो।

 

उनको घरबाट पनि संस्कृत अध्ययनका लागि कुनै रोकटोक नभएको उनले बताएकी छिन्।

 

प्रकाशित : २०७७ मंसिर २० गते १७:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI