सगरमाथाको नयाँ उचाई भोलि घोषणा गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २१ गते १९:३४
सगरमाथाको नयाँ उचाई भोलि घोषणा गरिने

काठमाडौं, २१ मंसिर । सगरमाथा अझै पनि विश्वकै अग्लो चुचुरो नै कायम हुने निश्चित भएको छ । यसपटक यसको उचाईमा केही वृद्धि भएको पत्ता लागेको छ । नापी विभागले सगरमाथाको उचाईको औपचारिक घोषणा भोलि सोमबार गर्ने जनाएको छ ।

सरकारले सगरमाथाको उचाईको घोषणा गर्ने मन्त्रिपरिषद बैठकबाट स्वीकृती दिएको थियो । त्यसलगत्तै नापी विभागले तयारी पूरा गरेको छ । विगतमा सर्वे अफ इन्डियाले मापन गरी सगरमाथाको उचाई ८८४८ मिटर भनिदै आएको छ । तर, अब यसको उचाई फरक हुने भएको छ । त्यसको खुलासा भने भोलि नै हुने नापी विभागले जनाएको छ ।

२०७२ सालको महाभूकम्पपछि सगरमाथाको उचाई फरक पर्ने अध्ययनले देखाएपछि सरकार आफैले मापन गरेको हो । यसका लागि नापी विभागले करोडौं रकम खर्च गरेको छ ।

सगरमाथाको उचाई नेपाल र चीनले संयुक्त रुपमा घोषणा गर्ने भनिएपनि नेपाल आफैले घोषणा गर्ने भएको छ । चीनले पनि सगरमाथाको उचाई नापेको छ । नेपालले दक्षिणतर्फको समुन्द्री सतहलाई आधार मानेर सगरमाथाको उचाई घोषणा गर्ने भएको बुझिएको छ ।

प्रकाशित : २०७७ मंसिर २१ गते १९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI