चितवनमा छुट्टाछुट्टै दुर्घटनामा एक प्रहरी सहित मोटरसाइकल चाललको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २१ गते २२:२८
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा एक प्रहरी सहित मोटरसाइकल चाललको मृत्यु

चितवन । चितवनमा आइतबार बेलुका भएको छुट्टाछुट्टै दुर्घटनामा परेर एक प्रहरीसहित अर्का मोटरसाइकल चाललको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर ६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ गईरहेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले सोही दिशाबाट आइरहेको ना ३ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुजन न्यौपानेको उपचारको क्रममा  ८ बजेर ५० मिनेटमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

यस्तै खैरहनी नगरपालिका वडा नम्बर १ बहेडा चोकमा स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ७ का बिजेन्द्र चौधरी रहेका छन । प्रहरीका अनुसार ग १ च ९७२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई बेलुका ८ बजेर ५ मिनेट जांँदा ठक्कर दिएको थियो ।

प्रकाशित : २०७७ मंसिर २१ गते २२:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI