कतारमा हुने विश्वकपको लागि युरोपियन छनौटको ‘ड्र’ सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते ८:४९
कतारमा हुने विश्वकपको लागि युरोपियन छनौटको ‘ड्र’ सार्वजनिक

लण्डन, २३ मंसिर । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले सोमबार राति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ ।

सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

समूह ‘ए’मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जमबर्ग र अजरबैजान रहेका छन् । यस्तै समूह ‘बी’मा स्पेन, स्वीडेन, ग्रीस, जर्जिया र कोसोभो परेका छन् ।

समूह ‘सी’मा इटली, स्वीटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनीय, समूह ‘डी’मा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिनार काजकास्तान, समूह ‘ई’मा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र एस्टोनिया रहेका छन् ।

समूह ‘एफ’मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभा रहेका छन् ।

समूह ‘जी’मा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार, समूह ‘एच’मा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा रहेका छन् ।

समूह ‘आई’मा इङ्ग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो तथा समूह ‘जे’मा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन रहेका छन् ।

प्रकाशित : २०७७ मंसिर २३ गते ८:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI