सरकारका १४ मन्त्रीको सम्पत्ति विवरण गोप्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते १०:३१
सरकारका १४ मन्त्रीको सम्पत्ति विवरण गोप्य
काठमाडौं, २३ मंसिर । सरकारका १४ मन्त्रीहरुले सम्पत्ति विवरण गोप्य राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली तथा केही मन्त्रीहरुले सम्पत्ति सार्वजनिक भए पनि अन्य मन्त्रीहरुले भने सम्पत्ति लुकाएका छन् ।

सम्पत्ति सार्वजनिक नगर्नेहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुषाल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई छन् ।

त्यस्तै, श्रममन्त्री रामेश्वर यादब, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, सञ्चारमन्त्री पार्वत गुरुङ, कानुनमन्त्री डा शिवमाया तुम्बाहाम्फेको सम्पत्ति गोप्य छ । दुई महिनाअघि नियुक्त भएका अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिलामन्त्री लिलाप्रसाद श्रेष्ठको पनि सम्पत्ति सार्वजनिक भएको छैन । राज्यमन्त्रीहरु मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले पनि सम्पत्ति खुलाउन चाहेका छैनन् ।

सम्पत्ति व्यक्तिगत गोपनियतामा पर्दछ । सार्वजनिक नै गर्नुपर्छ भन्ने बाध्यकारी छैन । तर, थोरै भएपनि पारदर्शीताका लागि मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन् । तर, यो सरकारका अधिकांश मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रिपरिषद्बाटै स्वीकृति आवश्यक हुन्छ । त्यस्तो निर्णय गर्न प्रधानमन्त्री स्वयंले चासो नदिएकाले सार्वजनिक नगरिएको हो ।दृष्टिबाट

प्रकाशित : २०७७ मंसिर २३ गते १०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI