दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २५ गते १६:५३
दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह
गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुने भएको छ।

कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङ बीच परम्परागत विवाह हुन लागेको हो ।

उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखराको एक गुम्बामा विवाह हुने कार्यक्रम छ।

शर्मिला र कर्णबिच परिवारको स्वीकृतिमा मागी विवाह हुन लागेको हो।

कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनीहरूले बताए।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। शर्मिला मुस्ताङको जोमसोमकी स्थानीय हुन्।

प्रकाशित : २०७७ मंसिर २५ गते १६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI