रजहर खानेपानीको मतदान सकियो : मतगणना आजनै हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २७ गते १७:०१
रजहर खानेपानीको मतदान सकियो : मतगणना आजनै हुने

कावासोती । रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति र लेखा समितिको लागि भएको निर्वाचनमा मत ८२.१२ प्रतिशत मत खसेको छ । कुल २३७२ मतदाता रहेकोमा ८२.१२ अर्थात १९४८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

बिहान ९ बजे देखि सुरु भएको मतदान सम्पन्न भए पछि मतपेटिका निर्वाचन कार्यालयमा जम्मा गरि मतगणनाको तयारी सुरु गरिएको निर्वाचन समितिका सदस्य बलराम लामिछानेले बताए । आज राती नै अन्तिम मतपरिणाम आउने गरि तयारी सुरु गरिएको लामिछानेले बताए ।

नेपाली काङ्ग्रेस र राप्रपाको संयुक्त प्यानलबाट गोविन्दप्रसाद सापकोटा , नेकपा र जनमोर्चाको संयुक्त प्यानलबाट गंगाबहादुर थापा र विवेकशील र साझाबाट हरिप्रसाद सुबेदीले अध्यक्षमा उम्मेदवारी दिएका छ्न ।

प्रकाशित : २०७७ मंसिर २७ गते १७:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI