ईलाममा भेटियो पाटे बाघ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २७ गते २०:३१
ईलाममा भेटियो पाटे बाघ

लोपोन्मुख पाटेबाघ इलामको तीन हजार १६५ मिटर उचाइमा फेला परेको छ । बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।
कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको वन तथा भूसंरक्षण विभागले जनाएको छ । यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ ।
चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् । उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा पाटेबाघको संख्या २३५ छ ।

प्रकाशित : २०७७ मंसिर २७ गते २०:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI