चालिसकिलोबाट लागुऔषध सहित बर्दियाका युवक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते २१:१७
चालिसकिलोबाट  लागुऔषध सहित बर्दियाका युवक पक्राउ

कावासोती । नारायण गढ बुटवल सडक खण्डमा पर्ने पुर्वी नवलपरासीको चालिसकिलो भन्ने स्थानबाट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमार थारु रहेका छन् ।

पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ग १ ख ८९०८ नम्वरको को बस चालिसकिलोमा रोकी चेकजाँच गर्ने क्रममा पक्राउ परेका  युवकसँग नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाइट्रोभेट ट्याबलेट ५४ ट्यावलेट लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले बताए ।

 

प्रकाशित : २०७७ पुष १ गते २१:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI