नेपाल जेसिजको अध्यक्षमा अरुणेश्वर विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ४ गते ०:४२
नेपाल जेसिजको अध्यक्षमा अरुणेश्वर विजयी

चितवन : नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा फराकिलो मतान्तरका साथ चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् । यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी (रुपन्देही) महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित हासिल गरे ।

खनालले एक हजार ९० मत पाउँदा प्रतिष्पर्धी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सातमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए ।
बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् ।

प्रकाशित : २०७७ पुष ४ गते ०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI