ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेता बालुवाटार जाँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ५ गते १३:२७
ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी, स्थायी कमिटीका नेता बालुवाटार जाँदै
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।

यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं । बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ ।

प्रकाशित : २०७७ पुष ५ गते १३:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI