प्रतिस्पर्धात्मक खेलमा स्याङजासँग नवलपुर २ विकेटले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ६ गते २१:५५
प्रतिस्पर्धात्मक खेलमा स्याङजासँग नवलपुर २ विकेटले पराजित

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा स्याङजा सँग नवलपुर २ विकेटले पराजित भएको छ । अत्यन्तै रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकि छँदा स्याङजाले जित निकालेको हो ।

टस जितेर ब्याटिङ्ग गरेको नवलपुरले स्याङजासामु जितका लागि २ सय १४ को लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्याङजाका लागि विष्णु पाण्डेले सम्हालिएको पारी खेल्दै १ सय ९ बलमा ७५ रनको महत्वपूर्ण योगफल तयार पारेपछि जितको आधार तयार भएको हो । पाण्डेले ८ चौका प्रहार गरेका थिए ।

४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको नवलपुरका लागि दुई जना व्याट्सम्यानले अर्धशतकिय पारी खेलेपनि जितका लागि त्यो प्रयाप्त हुन सकेन । दिपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रन बनाएका थिए । स्याङजाको बलिङ्गमा मिलन लुइटेलले ५ तथा विष्णु पाण्डेले २ विकेट लिए ।
२ सय १४ रनको लक्ष्य पाएको स्याङजाले ४९.४ ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो ।

स्याङजाका लागि करण पंगेनीले ४१, इश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन जोडेका थिए । नवलपुरका बलरहरु कैलाश पंगेनीले ३ तथा विज्ञान गौतमले २ विकेट लिए ।

खेलमा स्याङजाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । उनलाई गण्डकी प्रदेश सांसद राजिव पहारीले ट्रफि प्रदान गरेका थिए । मंगलबार कास्की र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

प्रकाशित : २०७७ पुष ६ गते २१:५५
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI