उद्योग वाणिज्य महासंंघ गण्डकीमा नवलपुरका पौडेल उपाध्यक्ष र बस्याल सदस्यमा निर्विरोध

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ११ गते २२:५२
उद्योग वाणिज्य महासंंघ गण्डकीमा नवलपुरका पौडेल उपाध्यक्ष र बस्याल सदस्यमा निर्विरोध

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । संघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् ।

८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत सञ्जीव र उनका प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेले २६ प्रतिशत मत प्राप्त गरे । जिल्ला नगर, वस्तुगत गरी ४० भोट सञ्जीवले प्राप्त गरेका भने हरिओमले १३ भोट प्राप्त गरेका छन् ।

संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा नवलपुरका ओमप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छ्न । यसै गरि वस्तुगत र एसोसिएट उपाध्यक्षमा मोतीप्रसाद पौडेल, कोषाध्यक्षमा श्रवणकुमार जोशी, जिल्ला नगर सदस्यमा नवलपुरकै  धर्मराज बस्याल सहित उत्तमकुमार कर्माचार्य,  मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी र सदस्य एसोसिएट सूर्यबहादुर भुजेल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको पक्षमा सधैं आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । गण्डकी प्रदेशभरिका सबै व्यवसायीको हकहित र प्रवद्र्धनका निम्ति संघले छाता संगठनको भूमिका निभाउने कोइरालाले बताए ।

प्रकाशित : २०७७ पुष ११ गते २२:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI