चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैंडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १५ गते १७:३९
चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर ईलाका अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० बर्षको भाले गैडाँ मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
निकुञ्जका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको आँकलन गरिएको छ ।

गैँडाको खाग र खुर सुरक्षित रहेको र मृत गैडाको नियमानुसार पोष्ट मार्टमका लागि आवश्यक नमूना परिक्षणका लागि भेटेरेनरी शाखा पठाईएको निकुञ्जले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक पन्ध्र गरी जम्मा १९ वटा गैडा मरेका छन ।-फायल तस्बिर

प्रकाशित : २०७७ पुष १५ गते १७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI