नवलपुर जेसिज वर्ष २०२१को अध्यक्षमा कंडेल बिजयी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ३ गते २०:४५
नवलपुर जेसिज वर्ष २०२१को अध्यक्षमा कंडेल बिजयी

राजु चपागाइ/कावासोती ।
पुर्बी नवलपरासी को कावासोतिमा रहेको नवलपुर जेसिजको अध्यक्षमा बिष्णु कडेल विजयी भएका छन् । कंडेल शनिबार सम्पन्न ११ औं अधिबेशन बाट वर्ष २०२१ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका प्रत्यासी  उमेदवार सुन्दर पोखरेललाइ ५ मतको अन्तरलेे पराजित  गर्दै  कंडेल विजयी बनेको निर्वाचन अधिकृत त्रिभुवन तिवारीले जानकारी दिए ।

अध्यक्षका प्रत्यासी पोखरेल ले १६ मत प्राप्त गर्दा कंडेलले २१ मत पाएका थिए ।

त्यसै गरि कार्यकारिणी उपाध्यक्षमा राधिका भुसाल र लोकनाथ सिमखडा सर्वसम्मत निर्वाचित भयका छन । निर्वाचनबाट उपाध्यक्षमा दिपेन्द्र पौडेल , रुपक कंडेल र दुर्गा माया भुजेल पनि सर्वसमत निर्वाचन भएको निर्वाचन अधिकृत तिवारिले जानकारी दिए ।

प्रकाशित : २०७७ माघ ३ गते २०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI