ट्रकले किच्दा फुटपाथमा सुतेका १३ मजदुरको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ६ गते ८:३०
ट्रकले किच्दा फुटपाथमा सुतेका १३ मजदुरको मृत्यु

६ माघ । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राति सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्टटरसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ ।

प्रकाशित : २०७७ माघ ६ गते ८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI