चितवनमा दुर्घटना, दुईजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १३ गते १३:१७
चितवनमा दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : चितवनमा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्गको रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

 

पूर्वबाट आइरहेको बा २ ख ५६७४ नं को मिनिबस र पश्चिमबाट पूर्वतिर आइरहेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार नाम नखुलेका दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्नगरका  प्रमुख रविन कार्कीले जानकारी दिए।

बिहान करिब ९ बजे तिर उक्त दुर्घटना भएको थियो। दुर्घटना पश्चात् घाइते भएका दुईजनाको पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७७ माघ १३ गते १३:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI