कोभिड–१९ विरुद्धको खोप नेपालमा पहिलो पटक डा. बास्तोला र राजभण्डारीले लगाउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १३ गते १३:४१
कोभिड–१९ विरुद्धको खोप नेपालमा पहिलो पटक डा. बास्तोला र राजभण्डारीले लगाउने
काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले लगाउने भएका छन् ।
अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । पहिलो खोप लिन लागेको बारे बाह्रखरीसँग शुक्रराजका निर्देशक डा. सागर राजभण्डारीले सबैमा सकारात्मक भएर खोप लिन आह्वान गरेका छन् । उनले भने, “विश्वमा नै सुरक्षित प्रमाणित भइसकेको यो खोप लिने प्राथमिकतामा परेका सबैलाई निर्धक भएर लगाउन मेरो अनुरोध छ ।”शुक्रराजबाट शुरु हुने खोप अभियान देशका ७७ वटै जिल्लामा बुधबारबाटै सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोपका लागि काठमाडौंमा १० र उपत्यका बाहिर तीनसय खोप केन्द्र तोकिएको छ ।

प्रकाशित : २०७७ माघ १३ गते १३:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI