ठूलो परिमाणको लागू औषध सहित पुर्वी नवलपरासीमा ४ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १३ गते २०:५०
ठूलो परिमाणको लागू औषध सहित पुर्वी नवलपरासीमा ४ जना पक्राउ

कावासोती । ठूलो परिमाणको लागू औषध सहित पुर्वी नवलपरासीमा ४ जना पक्राउ परेका छ्न ।

जिल्लाको दुम्किबास र चालिसकिलो भन्ने स्थानमा सवारी चेकजाँच गर्ने क्रममा ४४३ एम्पुल डाईजापाम, ४४३ एम्पुप नुफिन र ४४३ एम्पुल फेनरागन सहित तनहुँ व्यास नगरपालिका वडा नं १ का विक्की भनिने मिनबहादुर थापा मगर, विराटनगर महानगरपालिका वडा नं ६ मोरङका विशाल मुसहर र रत्ननगर नगरपालिका वडा नं २ का अनरुप अधिकारी र जलाहा गाउँपालिका वडा नं ५ धादिङका सन्दिप अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

थापा र मुसहरलाई विनयी त्रिवेणीको दुम्किबास बाट र दुबै जना अधिकारीलाई कावासोती-१६ चालिसकिलोबाट पक्राउ गरिएको गिरीले बताए ।

प्रकाशित : २०७७ माघ १३ गते २०:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI