गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरद्वारा थप ४ करोड प्रदान

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १४ गते १८:३१
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरद्वारा थप ४ करोड प्रदान

चितवन, माघ १४ गते । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग हस्तान्तरण गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरको आन्तरिक स्रोतबाट रङ्गशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई पटकपटक गरी पहिले रु चार करोड र अहिले थप रु चार करोड प्रदान गरिएको बताउनुभयो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय सरकार र जनताको सहयोगमा रङ्गशाला निर्माण कार्यलाई टुङ्गोमा पु¥याउने बताउनुभयो । रङ्गशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।-रासस

प्रकाशित : २०७७ माघ १४ गते १८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI