भैरहवामा महामारी पूर्वतयारी सम्बन्धी प्रशिक्षण

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १६ गते १९:३१
भैरहवामा महामारी पूर्वतयारी सम्बन्धी प्रशिक्षण

भैरहवा, १६ माघ ।
नेपालमा कोभिड जस्तै महामारी आइलागे त्यसकाविरुद्ध कसरी जुटने भन्ने वारेमा सरोकारवालाको क्षमता अभिवृद्धि गराउने उद्देश्यले  शुक्रवार भैरहवामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन ।

कोभिड वा त्यस्तै महामारीलाई न्यूनीकरण गर्न सरकारले र निजी क्षेत्रले गरेको तयारीका बारेमा रुपन्देहीभित्रका स्वास्थ्यकर्मी र सरोकारवाला निकायकाबीचमा विज्ञ राखेर छलफल गरिएको हो ।

कोभिड जस्तै महामारी आइलागेमा नियन्त्रणका लागि संसारले सुरु गरेका पछिल्ला उपलब्धी, नेपालमा समेत तीन दिन अघिवाट सुरु भएको कोरोना खोप र निजी क्षेत्रले खेलेको भूमिका बारेमा छलफल भएको हो ।

महामारी पूर्व तयारीको अवस्थाका बारेमा भएको छलफलमा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा. समिर अधिकारी विज्ञ, चौधरी फाउण्डेशनका प्रतिनिधि अषेश बराल र स्वास्थ्य र महामारी रोग नियन्त्रणका क्षेत्रमा काम गरेका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम दिएका हुन ।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघ–संस्थाहरुको क्षमता अभिवृद्धिका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पूर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानवीय सेवा क्षेत्रमा कार्यरत  जनशक्तिको क्षमता अविवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको चौधरी फाउण्डेशनले जनाएको छ ।

डा. समिर अधिकारीले कोरोना खोप लगाएका व्यक्तिमा कम्तीमा २ वर्ष खोपले काम गर्ने जानकारी दिए । उनले एडस, हेपाटाएटिस र प्लाज्मा थेरापी गरेका व्यक्तिमा विशषेज्ञ चिकित्सकको सल्लाहमा मात्र कोरोना खोप लगाउन सुझाव दिए । उनले सरकारले आगामि दिनमा कोरोना वा त्यस्तै अन्य महामारी आइपरे गर्नुपर्ने तयारीका बारेमा सरकार र चौधरी फाउण्डेशन जस्ता निजी क्षेत्रका संस्थाहरुसंग हातेमालो  गरेर अघि बढने बातावरण बनाइने जानकारी दिए ।

त्यस्तै चौधरी फाउण्डेशनका सह–प्रबन्धक अशेष बरालले नेपालमा भूकम्प र कोरोना महामारीका बेला चौधरी फाउण्डेशनले सरकारलाई गरेको सहयोगको स्मरण गरे । उनले कोरोना अवधिमा फाउण्डेशनले सरकार र हरेक प्रदेशका सरकारी अस्पतालाई पीपीई, भेन्टिलेटर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जानकारी दिए ।

फाउण्डेशनले माघ पहिलो सातादेखि ७ वटै प्रदेशमा महामारी पुर्व तैयारी सम्बन्धि स्थानीय स्वास्थ्यकर्मी र मानवीय क्षेत्रमा कार्यरत संघ–संस्थाको क्षमता अभिवृद्धि प्रशिक्षण सुरु गरेको छ ।

प्रकाशित : २०७७ माघ १६ गते १९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI