नेकपा साधारण सदस्य समेत नरहने गरि ओली पार्टीबाट निष्कासित

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १९ गते १५:५४
नेकपा साधारण सदस्य समेत नरहने गरि ओली पार्टीबाट निष्कासित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउँदै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ ।

प्रचण्ड–नेपालपक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउन पेश गरेको प्रस्तव बैठकले पारित गरेको हो ।

संसद विघटन गराएका ओली चौतर्फी आलोचित हुँदै जादा यसअघि बसेको बैठकले नै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय  गेरेको थियो ।

प्रकाशित : २०७७ माघ १९ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI