ओलीको असंवैधानिक कदमको मतियार प्रचण्ड र नेपाल पनि हुन : नेता नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १९ गते १७:२८
ओलीको असंवैधानिक कदमको मतियार प्रचण्ड र नेपाल पनि हुन : नेता नेपाली

कावासोती  । गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक कदमको मतियार प्रचण्ड र माधवकुमार नेपाल पनि भएको बताएका छ्न । सोमबार पुर्वी नवलपरासीको कावासोतीमा नेपाली काङ्ग्रेसका भातृ संघसंस्थाले प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाली सो कुरा बताएका हुन ।

जनताले दिएको दुईतिहाई मतको अपमान गर्दै नेकपाले आपसी झगडा र पदको लडाइमा अल्झिएर संविधान माथी प्रहार गर्ने काम गरेको भन्दै नेता नेपालीले कम्युनिस्टहरु सधै भत्काउने र बिगार्ने बाटो हिडेको आरोप लगाएका छ्न । पद र शक्तिको लोभमा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका त्यसको मतियार प्रचण्ड र नेपाल पनि भएको बताउदै नेता नेपालीले प्रचण्ड र नेपाल पानी माथिको ओभानो हुन नपाउने जिकिर गरेका छ्न ।

आफुले काम गर्न नपाएर संसद विघटन गरेको भन्ने प्रधानमन्त्री ओलिको अभिव्यक्ती प्रती लक्षित गर्दै नेता नेपालीले भने “आफ्नो घर झगडा मिलाउन नसकेर संसद विघटन गरि प्रधानमन्त्रीले संवैधानिक मूल्य र मान्यता माथि प्रहार गरेका छ्न ।”

सरकारलाई संसदले काम गर्न कहिलै अवरोध नगरेको बताउदै नेता नेपालीले ओलि सरकारले आफ्ना काण्डहरु लुकाउनका लागि र पार्टीको झगडाकै कारणले प्रतिनिधि सभा विघटन गरेको बताए ।

नेपाली काङ्ग्रेसका भातृ संघ संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा नेकपा र जसपा परित्याग गरेर दुई जना युवाहरु काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने , संसदीय दलकी सचेतक ओमकला गौतम ,नेपाली काङ्ग्रेसका भातृ संघ संस्थाहरुका कार्यकर्ताको उपस्थित रहेको थियो।

 

प्रकाशित : २०७७ माघ १९ गते १७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI