उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा काँग्रेस निकट व्यवसायी दिपेन श्रेष्ठको सानदार जित

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २० गते ९:४८
उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा काँग्रेस निकट व्यवसायी दिपेन श्रेष्ठको सानदार जित

चितवन  : उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा नेपाली काँग्रेसका दिपेन श्रेष्ठ बिजयी भएका छन् । प्रतिद्धन्दी नेकपाकी शेषकुमारी सडौला ओलीलाई पराकिलो मतान्तरले पछि पार्दैैै श्रेष्ठ विजयी भएका हुन । श्रेष्ठले ७९९ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी ओली सडौलाले ४७६ मत ल्याएकी छन् ।

त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन् । वाणिज्यतर्फ बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला,क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् । उद्योगतर्फ जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।

प्रकाशित : २०७७ माघ २० गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI