विद्यालयको गेट पल्टिएर च्यापिदा ३ कक्षामा पढने विद्यार्थीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ११ गते १३:१७
विद्यालयको गेट पल्टिएर च्यापिदा ३ कक्षामा पढने विद्यार्थीको मृत्यु

कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ५ मा रहेको कालिका माध्यमिक विद्यालयमा खेल्ने क्रममा गेट पल्टिदा गेटले च्यापिएर ३ कक्षामा पढने विद्यार्थीको मृत्यु भएको छ ।

बिहान करिब १०:३० बजेको समयमा गेट पल्टिएर चयापिदा विद्यालयको कक्षा ३ मा पढने ९ वर्षीया छात्रा गमित्रा सिंजालीको घटना स्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए । यसै गरि घटनामा सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय किस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

यति बेला घटना स्थलमा प्रहरी पुगेको र प्रारम्भिक मुचुल्का र अनुसन्धानको काम भईरहेको सूचना अधिकारी गिरीले बताए ।

प्रकाशित : २०७७ फागुन ११ गते १३:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI