एस.पि.एम टोल बिकास संस्थाको साधारणसभा एवं दोश्रो अधिवेशन गैंडाकोटमा सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १५ गते २१:५६
एस.पि.एम टोल बिकास संस्थाको साधारणसभा एवं दोश्रो अधिवेशन गैंडाकोटमा सम्पन्न

एस.पि.एम टोल बिकास संस्था गैंडाकोट २ को वार्षिक साधारणसभा एवं दोश्रो अधिबेशन कार्यक्रम गैंडाकोटमा सनिवार सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुब्रराम पौडेल प्रमुख अतिथी रहेको उक्त कार्यक्रम सस्थाका अध्यक्ष प्रजापति सापकोटाको सभापतित्व मा सप्पन्न भएको थियो ।

श्रीराम पार्टी प्यालेसको सभाहलमा भएको कार्यक्रममा वडाका जनप्रतिनिधिहरु यदु सापकोटा,प्रकाश सापकोटा,शुभेच्छा प्रधान,सावित्री दर्जी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले वडा नम्बर २ मा विकाश निर्माणको लागि स्थानीय प्रतिनिधि मात्रै तातेर कहिले पनि विकाश नहुने भएकाले स्वयं स्थानिीय आफुपनि अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

आफुले नगरपालिकाका प्रायः सेवा सुविधा वडामा ल्याउन निकै मेहनत गरेको र हरेक टोललाइ के कसरी समृद्धि तर्फ लैजाने भन्ने उद्देश्य रहेको बताउदै टोल मार्फत विभिन्न सिपमुलक तालिमका लागि वडामा प्रस्ताव लैजान संस्थालाई आग्रह गरे ।

कार्यक्रममा राम मिष्ठान भण्डार नारायणगढ ले संस्था लाई प्रदान गरेको संस्थाका गतिविधि र सदस्यका टेलिफोन समेटिएको डायरीको समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा बार्षिक प्रगति बिवरण र आगामी वर्षका लागि प्रस्तावित प्रतिबेदन प्रस्तुत गर्दै दोश्रो साधारणसभाले दर्शन सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन समेत गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष गिता घिमिरे,कोषाध्यक्ष प्रेमनारायण भण्डारी,सचिव कमल गौतम, स-सचिव केदार पौडेल लगाएत १५ सदस्यीय समिति को चयन गरेको छ । कार्यक्रमको सहजीकरण संस्थाका सचिब गोबिन्द लामिछानेले गरेका थिए ।

प्रकाशित : २०७७ फागुन १५ गते २१:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI