निस्दीको गल्धामा प्रथम गल्धा साँस्कृतिक महोत्सव-२०७७ सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १७ गते २३:४१
निस्दीको गल्धामा प्रथम गल्धा साँस्कृतिक महोत्सव-२०७७ सम्पन्न

गोविन्द नेपाली/कावासोती -सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा , कठैडाँडाको आयोजनामा फागुन १४ र १५ गते महोत्सव सफलता पुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। क्लबका अध्यक्ष पिलेन्द्र ठाडाको अध्यक्षताम भएको महोत्सवको निस्दी गाउपालिका का अध्यक्ष मुक्त बहादुर सारु ले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्नुहुँदै अध्यक्ष सारुले नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न क्लबले खेलेको भुमिकाको प्रशंसा गर्दै गाउपालिका ले सकेको सहयोग गर्ने जनाउनु भएको थियोे ।

महोत्सवमा लोकप्रिय लोक गायक बद्री पंगेनी , सर्जक तथा गायक हुम गैरे , लोक गायक बिक्रम परियार , लोक गायिका जमुना राना , धन माया दिशुवा मगर, कृष्ण गैरे ,समिक्षा ठाडा गैरे , राज बयम्बु मगर , झलक सारु ,सुर्य गैरे लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेकोे थियो ।

महोत्सको अवसरमा खुल्ल्ल लोकनृत्य प्रतियोगिताको समेत रहेकोे थियो प्रतियोगिता मा सगरमाथा बाल क्लब प्रथम र नयन ज्योति बाल क्लब दितिय भएका थिए र महोत्सव को समापन लुम्बिनी प्रदेश का प्रदेश सभा सदस्य माननीय युबराज खनाल ले गर्नु भएको को थियो। कार्यक्रमको संचालन संचारकर्मी गोविन्द नेपाली र कुशल अर्यालले गर्नुभएको थियो ।

प्रकाशित : २०७७ फागुन १७ गते २३:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI