बर्दियामा बाघले फेरि मान्छे खायो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १८ गते ८:१२
बर्दियामा बाघले फेरि मान्छे खायो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

काठमाडौँ : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।

उनलाई बाघले झम्टेर जंगल लगेको थियो । पछि बाघले आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

 

यसै वर्ष मात्रै बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा सात जनाको ज्यान गइसकेको छ । केही महिनाअघि मोटरसाइकल पछाडि बसेर कैलाली जाँदै गरेकी एक महिलालाई बाघले आक्रमण गरेर मारेको थियो ।

 

प्रकाशित : २०७७ फागुन १८ गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI