गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते २०:२१
गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुने

काठमाडौँ — पुस्तक प्रकाशन गृह फाइन प्रिन्टले नवलपुरको गैंडाकोटमा एक दिने घुम्ती साहित्यिक कार्यक्रम ‘फाइनप्रिन्ट फिभर’ गर्ने भएको छ । फागुन २८ र २९ मा हुने यो कार्यक्रममा यस वर्ष फाइनप्रिन्टबाट प्रकाशित पुस्तकका लेखकहरु सहभागी हुनेछन् ।

फाइनप्रिन्टले जारी गरेको प्रेस वक्तव्यका अनुसार यसमा देवेन्द्रराज पाण्डे, बाबुराम भट्टराई, रवीन्द्र मिश्र, मनिषा कोइराला, मुराहरि पराजुली, जीवा लामिछाने, असिम सागर, निरञ्जन कुँवर, राजीव उपाध्याय र सुरेश बडाल सहभागी हुनेछन् ।

कार्यक्रममा लेखकहरुले आफ्ना पुस्तक र लेखनबारे अनुभव बाँड्ने तथा पुस्तक हस्ताक्षर पनि हुने आयोजकले बताएको छ । यस्ता कार्यक्रमले लेखक र पाठकलाई नजिक ल्याउने र पुस्तक बजारलाई चलायमान बनाउन सहयोग पुग्ने पनि आयोजकले दावी गरेको छ ।

प्रकाशित : २०७७ फागुन २१ गते २०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI