नेकपा नाम विवादकाे फैसला आज सुनाउँदै सर्वोच्च अदालत

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २३ गते ८:५८
नेकपा नाम विवादकाे फैसला आज सुनाउँदै सर्वोच्च अदालत

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नाम विवादसम्बन्धी मुद्दामा आज  फैसला हुँदैछ ।

ऋषि कट्टेलले आफू नेतृत्वकाे पार्टीको नामसँग मिल्दोजुल्दो नाम अन्य पार्टीकाे समेत राखेको भन्दै २०७५ मंसिर ५ गते सर्वाेच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त मुद्दामा
निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।

सर्वाेच्च अदालतका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मुद्दामाथि सुनुवाइ हुँदैछ । यसअघि यही फागुन २० गते बिहीबार साे मुद्दाकाे फैसला सुनाउने मिति तय भएकाे थियाे । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा साे दिन शोक बिदा दिइएकाले अदालत बन्द रह्याे ।

हाल निर्वाचन आयोगमा नेकपा नामबाटै सत्ताधारी दल पनि दर्ता छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेकाे थियाे । नाम जुधेकाे भन्दै कट्टेलले अदालतमा मुद्दा हालेका थिए ।

प्रकाशित : २०७७ फागुन २३ गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI