चितुवाको बच्चा मृत अवस्थामा फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २३ गते ९:५२
चितुवाको बच्चा  मृत अवस्थामा फेला

चितवन : पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उहाँले जानकारी दिनुभयो । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उनले बताए ।-फाईल तस्बिर

प्रकाशित : २०७७ फागुन २३ गते ९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI