श्रीमानको यातना खप्न नसकेपछि चार सन्तान सहित कर्णालीमा हाम फालेकी थिईन सुकी

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते २१:५६
श्रीमानको यातना खप्न नसकेपछि चार सन्तान सहित कर्णालीमा हाम फालेकी थिईन  सुकी

दैलेख । फागुन २४ मा देशभर महिलाले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाई रहेका थिए । शहरका ठुला होटल देखी स्थानीय सरकारका सदरमुकाममा समेत महिलाहिंसा कम गर्न महिलाहरु प्लेकार्ड बोकेर दिवस मनाईरहेका थिए । हामीले पुरुष सरह ज्याला पाउनुपर्छ, महिलामाथि हुने घरेलु हिंसा बन्द गर, प्लेकार्डबाट महिला माथि भएको हिंसा झल्किथ्यो । शहरका ठुला होटलहरुमा महिलामाथी हुने दुव्र्यवहार,घरेलु हिंसा घटना कम योजना बनाईरहेका थिए । आगामी दिनमा कसरी न्युनिकरण गर्न सकिने भन्ने बारे छलफल हुदै थियो ।

तर, अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा आठविस निमाईलकी ३५ बर्षिया सुकी बडुवाल भने चार सन्तान सहित आत्महत्या गर्ने योजना बुन्दै थिईन् । सोही दिन मदिराले लठठ् भएको श्रीमान्लाई स्थानीय बजारबाट घरमा ल्याएर सुताईन । घरमा पालेका पशुचौपायालाई घाँस काट्ने निहुँ बनाएर तीन छोरी र छोरा लिएर नदीकै किनाराको बगरतिर खेतबारीमा लागिन् ।

श्रीमानले दिनहुँ मदिरा सेवन गरि दिने पिडालाई सहन गर्न नसक्ने भएपछि चार सन्तान सहित नदीमा हात बाँधेर आत्महत्याको बाटो रोजिन् । शबको अवस्था हेर्दा सल्लाह गरेर आत्महत्या गरेको आठविस नगरपालिकाका नगरप्रमुख खडगराज उपाध्यायले बताए । सोमबार २ बजेतिर भेटिएका बालिकाको पनि हात बाँधिएको अवस्था शब भेटिएको थियो । मंगलबार आमा छोरा शब पनि डोकोमा लगाएको दाम्लोले बाँधिएको हुनाले चारसन्तान र आमाले सल्लाह गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बेलुका अबेरसम्म सुकि घर नफर्किएपछि खोजतलास भएको वडाअध्यक्ष प्रयोगबहादुर शाहीले जानकारी दिए । ‘श्रीमान मदिरामै व्यस्त भए । आत्महत्याको मुख्य कारण मदिरा नै हो । बडुवाल गरिब परिवारको नभएर मध्यम परिवारका हुन् ।’ उनले भने ।

दुई बालिकाको शव सोमबार माछा मार्ने जालमा भेटिएको थियो भने सुकी र उनका छोराको शव मंगलबार अछामको पञ्चदेवल नगरपालिकास्थित टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा भेटिएको थियो । सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षीया ललितको शव भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले बताए । उनले भने, ६ वर्षीया बालिका रजनी अझै बेपत्ता छिन् ।

घटनालगत्तै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी वसन्त पन्तलगायतको टोली पनि घटनास्थल पुगेको छ । बेपत्ताको खोजीका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए । ‘एक वर्षदेखि दैनिकजसो पतिले मदिरा सेवन गरी कुटपिट गरेकोसोही कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । भारतमा मजदुरी गर्ने उनका पति मानसिंह कोरोना महामारीपछि २०७६ चैतमा घर फर्किएका थिए ।

स्थानीयका अनुसार सुकीले नै गाउँमा मजदुरी गरी ६ जनाको परिवारको पालनपोषण गरिरहेकी थिइन् । ‘पतिको यातना सहन नसकी आत्महत्याको बाटो रोजिन्,’ वडाध्यक्ष प्रयोगगबहादुर शाहीले दाबी गरे, ‘मानसिंह भारतबाट फर्केपछि घरमा दिनदिनै झगडा हुने गरेको रहेछ ।’ उनका अनुसार मानसिंहले छोराछोरीलाई पनि दैनिकजसो कुटपिट गर्ने गरेका थिए ।

आठबीस नगरपालिका उपप्रमुख दिपा बोहराले घरेलु हिंसाका कारण कहालीलाग्दो घटना भएको बताइन् । ‘सुकीले घर छोडेको दिन पनि उनका पतिले सबैजनामाथि कुटपिट गरेको खुलेको छ,’ उनले भनिन्, ‘यस्ता घटना हुन नदिन महिलामाथिको हिंसा रोक्न जरुरी छ ।’ दोषी समाज पनि हो । अहिले सम्म मृतकको श्रीमानलाई कानुनी कारवाही गरेको भए घटना हुने थिएन ।

जिल्ला प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठका अनुसार घटनास्थल अछाममा पर्ने भएकाले चारैजनाको शव पोष्टमार्टमका लागि अछाम पठाइएको जानकारी दिए । मुुद्दा अछाममै चल्नेछ । घटनाको अनुसन्धानका लागि मानसिंहलाई सोमबार पक्राउ गरिएको थियो । रजनी बडुवालको शब नभेटिएकोले गोताखोर बोलाएर शबको खोजी गरिने दैलेख जिल्लाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

शोकमा डुब्यो निमायल बस्ती

एकै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेर आत्म हत्या गरेपछि शोकमा डुबेको आठविस नगरपालिको –३ को निमाईल बस्ती । सोमबार देखी निमाईल बस्तीका २०० घरधुरी मध्ये कसैको घरमा आगोको धुँवा समेत देख्न पाइएको छैन ।
बडुवाल आत्महत्याको कारणले निमायलबासीका आँखा एकछिन पनि ओभाना छैनन् । छिनछिनमा आँखामा आँशु छचल्किएको सोही ठाउँका हरिबहादुर शाहीले बताए ।

प्रहरी रमिते बने,स्थानीयले शब निकाले

गाउँमा सिंहदरबार आयो,तर सरकार आएको अनुभव भएन । ‘दुई दिन देखी बेपत्ता शब खोज्न पनि यति ढिलाई हुनुले सरकार जनताप्रति कम उत्तरदायी छ भन्ने नै बुझाउँछ,’ आठविसका स्थानीयबासीले गुनासो पोखे ।

‘पुरानै प्रविधिबाट शब निकालियो । कर्णाली प्रदेशका प्रहरी प्रमुख आउँदा जति आश पलायो । तर शब निकाल्ने कुनै प्रविधि वा गोताखोर नआउँदा दुःख लाग्यो । डीआईजी साप आउनु भयो,तर खाली ।” पुरानै प्रविधिबाट शब निकालियो आठविस नगरपालिका छत्र सिजापति –३ का छत्र सिजापतिले बताए । नगरपालिकामा प्रदेश सरकारको सहयोगमा किनिएको ¥याप्टिङ्ग समेत प्रयोग गरिएन । स्थानीयबासी नै पुरानै प्रविधिबाट डुङ्गा सहायताबाट शब निकालियो,उनले दुखेसो पोखे ।-राजधानी बाट

प्रकाशित : २०७७ फागुन २५ गते २१:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI