रहेनन् माणिक सर

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते ९:०७
रहेनन् माणिक सर

नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि माघको पहिलो हप्ता उनलाई अस्पताल भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनलाई मेडिसिटीबाट बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठानमा स्थानान्तरण गरिएको थियो ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित हुनभएपछि उनलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अलि बिसेक भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको छ । त्यसबाहेक, उनलाई नियमित रुपमा डायलाइसिस समेत गरिँदै आइएको छ ।

पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे। आम मानिसहरु बीच उनी माणिक सरको नामले चर्चित र आदरणीय व्यक्तित्व थिए ।

प्रकाशित : २०७७ चैत ३ गते ९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI