निउरो टिप्न निकुञ्ज गएकी महिलाको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते १७:४७

बर्दिया। बर्दियामा पाटे बाघको आक्रमणमा परेकी एक महिलाको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका वार्ड नं ७ वनखेत बस्ने ५५ वर्षीय डल्ली रावतको शव पाँच किलोमिटर टाढा फेला परेको हो  ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र न्युरो साग टिप्न गएको बेला दिउँसो ३ बजेको आसपासमा पाटे बाघको आक्रमणमा परेकी थिइन्।

यसअघि बर्दियामा मात्रै ८ जनाले बाघको आक्रमणमा परि ज्यान गुमाएका छन्। बुधवार मात्रै घाँस काट्न गएकी मधु वन ३ की २७ वर्षीया रिमा भनिने रेनुका सुनारलाई बाघले झम्टेर लगेको थियो ।

प्रकाशित : २०७७ चैत ३ गते १७:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI