माधव नेपाललगायतलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ७ गते १७:३०
माधव नेपाललगायतलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा एमालेमा समानान्तर गतिविधि गर्दै आएका माधव नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपालसहित  भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र राम कुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए । उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने  या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन पनि गरेको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामको सम्पूर्ण अधिकार पार्टी अध्यक्षलाई दिने पनि बैठकले निर्णय गरेको छ ।

प्रकाशित : २०७७ चैत ७ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI