स्कुलबसको ठक्करबाट हुप्सेकोटमा तीन वर्षीय बालकको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ११ गते १५:१६
स्कुलबसको ठक्करबाट हुप्सेकोटमा तीन वर्षीय  बालकको ज्यान गयो

कावासोती । पुर्वी नवलपरासीको हुप्सेकोट-२ कोलिया स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालकको ज्यान गएको छ ।

चोरमाराबाट हुप्सेकोट तर्फ जादै गरेको लोकसेवा माध्यमिक विद्यालय वसन्तपुरको लु १ क ३९९९ नम्बरकाे बसले ठक्कर दिदा सुकमाया परियारको तीन वर्षीय छोरा कृष परियारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

गिरीका अनुसार बस र बसचालक प्रहरी नियन्त्रणमा रहेको र घटनास्थल मुचुल्का गरेर शव परिक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

मृतक बालकको स्थायी घर हुप्सेकोट-५ नाम्जाकोट भए पनि बालकको परिवार हुप्सेकोट-२ कोलियामा भाडामा बसोबास गर्दै आएको हुप्सेकोट-२ का वडा अध्यक्ष पदम बहादुर पौडेल क्षेत्रीले बताए ।

 

प्रकाशित : २०७७ चैत ११ गते १५:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI