दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: भानु युथ एकेडेमी सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २५ गते १८:३९
दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता: भानु युथ एकेडेमी सेमिफाइनलमा

राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा भानु युथ एकेडेमी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज भानु युथ एकेडेमीका विरुद्ध युनाईटेड क्लब गिरवारीबिच भएको क्वाटर फाइनलको खेलमा भानु युथ एकेडेमी ४-२ गोल अन्तरले विजयी भएको हो । खेलमा भानु युथ एकेडेमीका सन्जिव मोक्तान २ गोल, मनिष थापा र शिव गुरुङले १/१ गोल गरेका थिए भने युनाईटेड युवा क्लबका रोशन कुमाल र कपिल मिधुनले गोल गरेका थिए । आजको खेलमा भानु युथ एकेडेमीका शिव गुरुङ म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली क्वाटर फाईनल अन्तर्गत दोस्रो खेल गैंडाकोट फुटबल क्लब र बरटाँडी युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ चैत २५ गते १८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI